नेपाली पात्रोबाट रेडियो कार्यक्रमहरू आफ्नै समयमा सुन्न सकिने
काठमाडौँ । मोबाइल एप नेपाली पात्रोले रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू श्रोताहरूले आफ्नै समयअनुसार सुन्न पाउने गरी व्यवस्था मिलाएको जनाएको छ ।
नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोताले आफ्नो समय अनुसार सुन्न सकिने भएको कम्पनीको भनाइ छ ।
सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ। यसको लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध हुने जनाइएको छ ।
नेपाली प्रयोगकर्ताहरू माझ स्पष्ट, विश्वसनीय पात्रो, पंचांग, राशिफल तथा सार्वजनिक बिदाहरू साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङसाथ लोकप्रिय छ।
जसबाट नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिन्छ। पेट्रोलियम पदार्थको मूल्य, विनिमय दर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या पनि उल्लेखनीय रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण