चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
चर्च ब्वाइज युनाइटेड जारी बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल जित्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।
सहिद स्मृति रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८ औँ र ३२ औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औँ मिनेट गोल गरे ।
एपीएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६ औँ मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३ औँ मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । एपीएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । गत संस्करणमा एपीएफ मच्छिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिबार मच्छिन्द्र फुटबल क्लब र थ्रीस्टारबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण