प्रकृति लम्साल आत्महत्या प्रकरणमा भारतले के भन्यो ?
नयाँ दिल्ली । उडिसाको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्या प्रकरणमा अन्ततः भारत सरकारले मुख खोलेको छ । आत्महत्यापछि नेपाली विद्यार्थीहरूले गरेको विरोध र त्यसपछि उनीहरूमाथि विद्यालय व्यवस्थापनले गरेको दूरव्यवहार र जर्बजस्ती निकाला लगायतका घटनाले यो प्रकरणले चौतर्फी रूपमा धेरैको ध्यान खिचिरहँदा भारतको केन्द्र सरकारले यसबारे अन्ततः आफ्नो धारणा राखेको हो ।
प्रकृतिको दुःखद मृत्युबाट आफूहरू निकै दुखी रहेको बताउँदै मृतकका परिवारप्रति भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हार्दिक समवेदना व्यक्त गरे । यसको साथै उनले भारतमा रहेका सबै विदेशी विद्यार्थीको सुरक्षा, रक्षा र हितलाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रकरणयता विदेश मन्त्रालय निरन्तर उडिसा सरकार र किटसँग सम्पर्कमा रहेको भन्दै उनले प्रकरण सार्वजनिक भएयता आफूहरू नेपाल सरकारसँग पनि निकट सम्पर्कमा रहिरहेको बताए ।
पछिल्लो मामिलालाई सम्बोधन गर्न उडिसा सरकार, किट विश्वविद्यालयले कयौँ कदमहरू चालेको उनको भनाइ थियो । यस मामिलामा उडिसा प्रहरीले मुख्य आरोपीसमेत अन्य कयौँ व्यक्तिलाई पक्रिएर उजुरी दर्ता गरेको पनि उनले बताए । उडिसा सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको गठन गरेको बताइएको छ । समितिले प्राप्त गर्ने तथ्यका आधारमा थप कारबाही गरिने पनि उनले बताए ।
विश्वविद्यालय फर्किरहेका नेपाली विद्यार्थीको सहजीकरणका कारण उडिसा सरकारले कयौँ कदम चालेको बताइएको छ । उनीहरूको सुरक्षा, रक्षा अनि विश्वविद्यालयमा शैक्षिक गतिविधिमा सहभागिताका लागि सहजीकरण भइरहेको भनिएको छ । उडिसा प्रहरी र स्थानीय भुवनेश्वरका प्रहरीले २४ सैं घन्टे हेल्पलाइन नम्बर खोलेको पनि प्रवक्ता जयशवालले बताए । रियल टाइम कम्युनिकेशन र सहकार्य सुनिश्चित गर्न केन्द्र सरकार उडिसाको सरकार र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको उनको भनाइ थियो । भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरू नेपालसँग भारतको सम्बन्ध, लिंकको महत्त्वपूर्ण कडी भएको भन्दै भारत सरकारले निरन्तर नेपाली विद्यार्थीहरूको सुरक्षा, रक्षा र हितका लागि आवश्यक सबै कदमहरू चाल्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण