राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झन्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झन्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।
जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङवासीको आरोप छ ।
महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झन्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।
लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण