यी तीन थरी मानिसले खानु हुन्न हरियो तरकारी

काठमाडौँ । हामीले हरेक दिन टन्नै हरियो तरकारी खानु पर्छ भनेर सुन्छौ । हरियो पातदार तरकारीको सेवन स्वास्थ्यको लागि फाइदाजनक छ । यसमा पाइने पोषक तत्त्वहरूले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । एन्टिअक्सिडेन्टले भरिपूर्ण तरकारीले शरीरलाई आवश्यक भिटामिन र खनिज त प्रदान गर्छ नै तौल घटाउन पनि मद्दत गर्छ ।
तर के तपाईँलाई थाहा छ ? भिटामिन र खनिजले भरिपूर्ण यी तरकारीहरू सेवन गर्नु केही मानिसहरूका लागि हानिकारक हुन सक्छ । पोषक तत्त्वहरूसँगै, हरियो पातदार तरकारीहरूमा केही यौगिकहरू र अक्सालेटहरू पाइन्छन्, जसले शरीरमा केही स्वास्थ्य समस्याहरू बढाउन सक्छ ।
केही रोगहरूमा यी हरियो तरकारीहरूको सेवनबाट बच्नुपर्छ । आजको यस लेखमा हामी हरियो तरकारीको धेरै सेवन हानिकार हुने तीन थरी मानिसबारे कुराकानी गर्नेछौँ ।
मिर्गौलाको समस्या
केही हरियो तरकारीमा प्यूरिन नाम तत्त्व पाइन्छ । मिर्गौलाको समस्या भएकाहरूका लागि हरियो तरकारीको सेवन हानिकारक हुन सक्छ । वास्तवमा, प्यूरिनले शरीरमा युरिक एसिड बढाउन सक्छ, जसको वृद्धिले मिर्गाैलालाई क्षति पुर्याउन सक्छ । यस्तो अवस्थामा, मिर्गौला सम्बन्धी रोगबाट पीडित व्यक्तिहरूले पालुङ्गो जस्ता हरियो तरकारी खाँदा जोखिममा पर्न सक्छन् ।
पत्थरीको समस्या
मिर्गौलाको पत्थरीबाट पीडित व्यक्तिहरूको लागि पनि हरियो सागसब्जी खानु हानिकारक हुन सक्छ । वास्तवमा, हरियो तरकारीमा पोटासियम पाइन्छ जुन मिर्गौलाको पत्थरीका बिरामीहरूका लागि राम्रो हुँदैन । धेरै मात्रामा हरियो तरकारी सेवन गर्ने मानिसहरूलाई मिर्गाैलामा पत्थरी हुने जोखिम बढ्छ । हरियो पातदार तरकारीहरूमा धुलोका कणहरू पाइन्छन्, जुन पेटमा जम्मा भएर पत्थरी निम्त्याउन सक्छन् ।
जोर्नी दुख्ने
हरियो पातदार तरकारीमा अक्सालेट्स पाइन्छ जसले जोर्नी दुख्ने समस्या बढाउन सक्छ । यस्तो अवस्थामा, जो मानिसहरूलाई अर्थराइटिस जस्ता समस्या छ उनीहरूले यसको सेवन गर्नबाट जोगिनु पर्छ ।
अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन