मुद्दा मामिला झेलेको लाज शरणम् सेन्सर पास
आइतबार, ११ फागुन २०८१, १२ : ०६
काठमाडौँ । चलचित्र लाज शरणम् सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले उक्त फिल्मको सेन्सर पास गरेको हो ।
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ को दफा ८ बमोजिम नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदान गरिएको समितिले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ ।
यसअघि संचार तथा सूचना प्रविधि मन्त्रालयमा कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित बैठकमा चलचित्रको जाँच गरिएको थियो । सो क्रममा फिल्मको विषयवस्तु सामान्य नै भएको पाइएसँगै पास गरिएको बताइएको छ ।
पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।
यससँगै अब फागुन १४ देखि चलचित्र प्रदर्शनको बाटो खुला भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण