मुद्दा मामिला झेलेको लाज शरणम् सेन्सर पास
आइतबार, ११ फागुन २०८१, १२ : ०६

काठमाडौँ । चलचित्र लाज शरणम् सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले उक्त फिल्मको सेन्सर पास गरेको हो ।
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ को दफा ८ बमोजिम नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदान गरिएको समितिले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ ।
यसअघि संचार तथा सूचना प्रविधि मन्त्रालयमा कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित बैठकमा चलचित्रको जाँच गरिएको थियो । सो क्रममा फिल्मको विषयवस्तु सामान्य नै भएको पाइएसँगै पास गरिएको बताइएको छ ।
पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।
यससँगै अब फागुन १४ देखि चलचित्र प्रदर्शनको बाटो खुला भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन