सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
काठमाडौँ । सेन्सर पास भएसँगै टेलिश्रृंखला ‘सक्किगोनि टीम’ ले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ बुधबार नै प्रदर्शनमा आउने भएको छ । यसअघि अदालतमा पात्रको विषयलाई लिएर परेको मुद्दाका कारण प्रदर्शनबारे अन्योलत सिर्जना हुँदै आएको थियो ।
तर केन्द्रीय चलचित्र जाँच पास समितिले सेन्सर पास गर्दै देशभर पदर्शनको अनुमति दिएसँगै पूर्वनिर्धारित मिति बुधबारदेखि नै फिल्म प्रदर्शनमा आउने निश्चित भएको उक्त फिल्मका कलाकार सागर लम्सालले जानकारी दिए । उच्च अदालत पाटनले सेन्सरअघि फिल्म ‘लाज शरणम्’को प्रचार प्रसारमा रोक लगाएपछि ट्रेलर रिलिज स्थगित भएको थियो । यस्तै सोही प्रचारका लागि सक्किगोनिका लागि खिचिएको एपिसोड समेत प्रदर्शन भएको थिएन ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुवर र हेमन्त रावलको इजलासले केही दिनअघि अन्तरिम आदेश जारी गर्दै सेन्सरअघि फिल्म प्रचारप्रसारमा रोक लगाएको थियो । कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमले दायर गरेको रिटमा अदालतले यस्तो आदेश गरेको हो ।
आलमले फिल्मको पोष्टरमा आफ्नो अनुहार झल्काउने गरेर देखाइएको र जसले आफूलाई अपहेलना गरेको र विचाराधीन मुद्दामा प्रभावित पारेको भन्दै रिट दायर गरेका थिए । अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला , प्रियाना आचार्य लगायतका कलाकारले अभिनय रहेको फिल्म कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको समेत अभिनय देख्न सकिन्छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले छायाङ्कन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण