दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेदकारी राज्यसत्तालाई ध्वस्त गर्न एकपटक अन्तिम लडाइँ लड्नुपर्ने बताएका छन् ।
यादव दुबई भ्रमणमा छन्। त्यहाँ रहेको मधेशी एकता समाजले आयोजना गरेको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । ‘एकपटक क्रान्तिमा जानुबाहेक अर्को विकल्प छैन, एक पटक आन्दोलन भएपछि राणा शासन फालियो, दोस्रो आन्दोलन भएपछि निरकुंश पंचायत फालियो, तेस्रो आन्दोलन भएपछि राजतन्त्र फालियो,' उनले भने, 'चौथो आन्दोलन गरेर विभेदकारी राज्य व्यवस्था फ्याल्नुपर्छ र त्यसका लागि मधेशीहरू एक जुट हुनुपर्छ।'
आर्थिक रूपमा सबैभन्दा पिछडिएको समुदाय रहेको बताएका यादवले सबैभन्दा पिछडिएको प्रदेश मधेश र सबैभन्दा पिछडिएको जिल्ला रौतहट रहेको पनि बताए । मधेशको चेतनास्तर निकै पछाडि रहेकाले मधेशी असंगठित पनि रहेका उनको भनाइ थियो।
अन्तर्क्रियामा उनले शासन प्रशासनको अवसरबाट वञ्चित रहेका कारण मधेशी समुदाय अपहेलित जीवन जिउन बाध्य भएको पनि बताए ।
'मधेश गोरखा शासकद्वारा कब्जा गरिएको भूमि हो, केही भूमि अंग्रेजले दिएको छ भने केही कब्जा गरिएको छ,' उनले भने, ‘कब्जा गरिएका भूमिका मान्छे शासित हुन्छन्, देशको ७० प्रतिशत राजस्व मधेशबाट आउँछ तर मधेशलाई विकास गर्न दिने बजेट हो १२ प्रतिशत छ, यसले त सयौं वर्षमा पनि मधेशले विकास गर्न सक्दैन । किनभने बजेट बनाउने ठाउँमा मधेशी छैन ।’
यी समस्याहरू गैरराजनीतिक तरिकाले समाधान नहुने उनको भनाइ थियो। राजनीति गरे पनि नगरे पनि राजनीति चेतना हुनु सबैमा आवश्यक रहेको उनले बताए । 'त्यही चेतनाले शक्तिमा पुर्याउँछ र अधिकार दिलाउँछ,' उनले भने, 'सत्ता, शाक्ति र राज्य स्रोतमा मधेशीको पहुँच पुर्याउनुपर्छ।'
वैदेशिक रोजगारीमा गएका देशमध्ये सबैभन्दा बढी मधेशीको खराब अवस्था साउदी, मलेसिया र कतारमा रहेको उनको बुझाइ थियो। मधेशीले पठाएको रेमिटेन्स मधेशमा खर्च नगरेर अन्यत्र खर्च गरेको पनि उनले त्यहाँ गुनासो गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण