त्रिविको अनुगमन निर्देशनालयमा रैखोला र श्रेष्ठ नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको अनुगमन निर्देशनालयको उपनिर्देशकमा डाक्टर पुष्करसिंह रैखोला र विकास कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
त्रिवि कार्यकारी परिषद्को बैठकले दार्चुला स्थायी घर भएका सहप्राध्यापक रैखोला र गोरखा स्थायी घर भएका सहप्राध्यापक श्रेष्ठलाई उपनिर्देशक पदमा नियुक्त गरेको हो ।
रैखोलाले त्रिविबाट जापान सरकारको प्रतिष्ठित JASSO छात्रवृत्तिमा समाज कल्याण विषयमा विद्यावारिधि गरेका हुन् । अनुगमन निर्देशनालयको सदस्य पदमा रहेर कामकाज गर्दै आएका थिए ।
महेन्द्र रत्न क्याम्पस ताहाचलमा लामो समय अध्यापन गराएका रैखोले हाल शिक्षाशास्त्र संकाय केन्द्रीय विभागमा दरबन्दीमा रही अनुगमन निर्देशनालयमा काजमा खटिएका थिए । त्यस्तै सहप्राध्यापक श्रेष्ठ पूर्वक्याम्पस प्रमुख हुँदै हाल अनुगमन निर्देशनालयको सदस्य हुन् ।
त्रिवि अनुगमन निर्देशनालयको रिक्त उपनिर्देशकहरूमा नियुक्तिका लागि छनोट तथा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले खुला रूपमा आवेदन आह्वान गरेको थियो ।
आवेदन दिएकामध्ये पाँच जनाको अल्पसूची निकालिएको थियो । जसको पहिलो नम्बरमा रहेका रैखोला र दोस्रो नम्बर सूचीमा रहेका श्रेष्ठलाई परिषद्ले नियुक्त गरेका हो ।
फागुन ८ गते अल्पसूचीमा परेका पाँचै जनाको कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण