दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले कार्यालय समयमा दुध बोक्ने सवारी साधनको आवागमनमा कडाइ गरेपछि ग्रामीण क्षेत्रका किसानबाट उत्पादित दुधको ढुवानीमा समस्या देखिएको छ । यसले दुग्धजन्य पदार्थको बिक्री–वितरणमा बाधा उत्पन्न गरिरहेको डेरी उद्योग संघले जनाएको छ ।
संघका अध्यक्ष राज कुमार दाहालले आज उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई पत्र लेख्दै दुध जस्तो छिट्टै बिग्रने अति संवेदनशील खाद्य वस्तुको सहज आपूर्तिका लागि आवश्यक व्यवस्था गर्न अनुरोध गरेका छन् ।
पत्रमा बालबालिका, अशक्त तथा वृद्ध जनसङ्ख्याका लागि आवश्यक पोषणयुक्त दुध समयमै कारखाना तथा उपभोक्तासम्म पुर्याउन नसक्दा समस्या उत्पन्न भएको उल्लेख छ । संघले काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा नियमित आपूर्ति हुने दुध बोक्ने सवारी साधनलाई कार्यालय समयको रोकावट नराखी सहज रूपमा चल्न दिन माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण