६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
गाजा । हमासका दुई वरिष्ठ नेताले इजरायलसँग अरू वार्ता नगर्ने बताएका छन् । ६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म वार्तामा सामेल नहुने साे समूहले बताएको हो ।
शनिवार नै इजरायलले ६२० जना प्यालेष्टिनी कैदी रिहा गर्नुपर्ने थियो । गाजा युद्धविराम वार्ता समस्यामा परेको बेला हमासले पहिले नै वाचा अनुसार प्यालेस्टिनी कैदी रिहा नगरिएसम्म वार्ता तोड्ने घोषणा गरिसकेको छ ।
हमासले ६ इजरायली कैदीहरूलाई रिहा गरे पनि इजरायलले ६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ स्थगित गरेपछि हमास नेताको यस्तो प्रतिक्रिया आएको हो ।
इजरायलले भने कुनै पनि समयमा गाजापट्टीमा आक्रमण गर्न सक्ने भन्दै कैदी रिहाइमा ढिलाइ गर्ने बताएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको यस निर्णयलाई अमेरिकाले पनि समर्थन गरेको छ ।
हमासले बन्धकहरूलाई गरिएको बर्बर व्यवहारको आधारमा इजरायली सरकारले यो कदम चालेको भन्दै अल जजिराले एउटा समाचारमा भनेको थियो । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजेसले यसलाई उपयुक्त प्रतिक्रिया भनेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जे जे गरे पनि इजरायलको पछाडि उभिने वाचा गरेका छन् ।
इजिप्ट र कतारले भने इजरायललाई प्रतिज्ञा गरेका ६२० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न दबाब दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण