कलाकार सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’
काठमाडौँ । चर्चित हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कारको छनौट समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
छनौट समितिको संयोजकमा विशिष्ट हास्य व्यङ्ग्य कलाकार बसुन्धारा भुसालसहित अन्य चार जना रहेका छन् । यो पुरस्कार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा वार्षिक रूपमा साम्दे शेर्पा स्मृति कोष मार्फत प्रदान गरिन्छ l बरिष्ठ कलाकार सिम्खडालाई कला क्षेत्रमा हास्यव्यङ्ग्य मार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाहरूको प्रवर्द्धन, सृजनशीलता र प्रभावकारिताका लागि दिइएको हो ।
पुरस्कार यही फागुन गते बिहीबार एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट प्रदान गरिनेछ । बरिष्ठ कलाकार सिम्खडाले लामो समयदेखि स्टेज तथा डिजिटल सञ्चार माध्यममा हास्य व्यङ्ग्य प्रस्तुति दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण