‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
काठमाडौँ । यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रालिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवा पुस्तामाझ लोकप्रिय ४ ब्यान्डहरूले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ ।
कार्यक्रममा प्रस्तुति दिन ४ ब्यान्डमध्ये एक ब्यान्ड भने फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको ‘जोन एन्ड द लोकल्स’ ब्यान्डले आफ्नो प्रस्तुति दिने पक्का भएको छ । ब्यान्डका गायक जोन चाम्लिङ राईको ‘हावा जस्तै, के गरौँ, निहिती’ लगायतका गीतहरू चर्चित छन् । यस्तै अन्य ३ ब्यान्ड पनि केही दिनमै सार्वजनिक गरिने आयोजकले बताएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ६ सय, एक हजार र १२ सयको टिकट खरिद गर्न सक्नेछन् । साथै, टेबल बुक गर्न चाहनेले ३० हजारदेखि ६० हजारसम्मको टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ । खल्ती एपबाट दर्शकले टिकट काट्न सक्नेछन् ।
यस्तै कार्यक्रममा सुविधा सम्पन्न खानेकुराका लागि २० स्टल समेत राखिनेछ । आयोजकले यो कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिबाट तयार पारिएको साउन्ड सिस्टमबाट सङ्गीतको मज्जा लिन सक्ने बताएको छ ।
यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । आयोजकले यो कन्सर्टमा ८ देखि १० हजार दर्शक उपस्थित हुने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण