ट्वाइलेटमा धेरै फोन चलाउनुहुन्छ, पायल्सले सताउला है !
काठमाडौँ । मोबाइल फोन हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । बिहानदेखि रातिसम्मै कुनै न कुनै कामको लागि हामी सबै आफ्नो मोबाइल फोनमा झुन्डिइरहेका हुन्छौँ । तर मोबाइल फोनमा व्यस्त रहने बानीले स्क्रिन समय बढाइरहेको छ ।
यसले शारीरिक र मानसिक स्वास्थ्य दुवैमा गम्भीर प्रभाव पारिरहेको धेरै अध्ययनहरूले देखाइरहेका छन् । यसबाहेक, स्वास्थ्य विज्ञहरूले मोबाइल फोनको बढ्दो लतले निम्त्याउन सक्ने अन्य साइड इफेक्टबारे पनि सबैलाई सचेत गराउँदै आएका छन् ।
हामीमध्ये कति जना ट्वाइलेटमा जाँदा पनि फोन बोकेर जान्छौँ । के तपाईंमा पनि ट्वाइलेट जाँदा फोन बोकेर लैजाने बानी छ ? यदि छ भने सावधान रहनुहोस् । यो बानीले गम्भीर बिरामी बनाउन सक्छन् ।
शौचालयमा फोन प्रयोग गर्दा सङ्क्रामक रोग लाग्ने जोखिम बढ्नुको साथै, यसले पायल्स र एनल फिस्टुला जस्ता रोगहरू पनि निम्त्याउन सक्छन् । यस्तो बानी भएका व्यक्तिहरूले तुरुन्तै यसलाई सच्याउनुपर्ने चेतावनी स्वास्थ्य विज्ञहरूले दिएका छन् । आजको यस लेखमा हामी ट्वाइलेटमा फोन बोकेर जाँदा हुने स्वास्थ्य समस्याहरूबारे कुराकानी गर्नेछौँ ।
पायल्स र फिस्टुला समस्या
पछिल्ला केही वर्षहरूमा पायल्स र फिस्टुलाका बिरामीहरूको सङ्ख्या द्रुत गतिमा बढिरहेको छ । निष्क्रिय जीवनशैली र खराब खानपान यसको मुख्य कारण हो । ट्वाइलेटमा बसेर लामो समयसम्म मोबाइल फोन चलाउने प्रवृत्ति पनि यसको लागि जिम्मेवार मानिन्छ । जीवनशैली र खानपानमा अनियमितता बाहेक लामो समयसम्म शौचालयमा बस्ने बानीले मलाशय क्षेत्रमा दबाब बढाउँछ । जसका कारण सबै उमेरका मानिसहरूमा पायल्स र फिस्टुलाको समस्या बढ्दै गएको छ ।
पायल्स र फिस्टुला दुवैलाई मलाशय क्षेत्रमा हुने समस्या हो । मलाशयको भित्री भागमा रहेका रक्त नलीहरूमा सुन्निएर पायल्स हुन्छ । फिस्टुला चाहिँ मलाशयको नलीमा सङ्क्रमणको कारणले हुने समस्या हो ।
फिस्टुला मुख्यतया भित्री रूपमा हुन्छ भने पायल्स बाहिरी वा भित्री दुवै रूपमा हुनसक्छ । कमोडको सिटमा लामो समयसम्म बस्दा मलाशय क्षेत्रको नसामा दबाब बढ्छ, जसले गर्दा यो सुन्निन्छ र पायल्स हुन्छ ।
संक्रमण र अन्य रोगहरूको जोखिम
ट्लाइलेटको सिटमा बसेर फोनमा रिल्स हेर्दा कति समय बित्यो भन्ने पत्तो हुन्न । पहिला केही मिनेटमै ट्वाइलेटबाट निस्कने हामी अहिले १० मिनेटभन्दा बढी समयसम्म ट्वाइलेटको सिटमा बिताइरहेका छौँ ।
यसरी बस्दा जननेन्द्रियहरूमा सङ्क्रमणको जोखिम पनि बढ्छ । यसबाहेक, निष्क्रिय जीवनशैली र खराब खानपान बानीले जोखिमलाई दोब्बर बनाउँछ । कम पानी पिउने, जङ्क फुड बढी खाने र लामो समयसम्म ट्वाइलेटमा बसिरहने जस्ता बानीहरूले यस्ता रोगका जोखिम धेरै गुणा बढाउँछन् ।
तपाईँलाई पनि यो रोग त लागेको छैन ?
पायल्स र फिस्टुला दुवै निकै सामान्य रोग भइसकेका छन् । त्यसैले, समयमै यसको लक्षणहरू पहिचान गर्नु र उपचार गर्नु धेरै महत्त्वपूर्ण हुन्छ भनेर स्वास्थ्य विज्ञहरू भन्छन् ।
पायल्स पीडारहित हुने भएकाले सुरुवाती चरणमा यसको कुनै स्पष्ट लक्षण देखिँदैन, तर रोग बढ्दै जाँदा कोही कोहीमा मलाशयमा सुन्निने, रगत बग्ने र दुख्ने समस्या सहनै नसक्ने गरी बढ्न थाल्छ ।
पायल्सका कारणले गर्दा यस्तो हुन्छ । तर फिस्टुला एक सङ्क्रामक अवस्था भएकोले मलाशयबाट पिप पनि निस्कन सक्छ । यस्ता समस्या भएको व्यक्तिले उच्च तरल पदार्थ र उच्च फाइबरयुक्त आहाराको सेवन गर्नुको साथै सरसफाइसम्बन्धी बानी बसालेर यी समस्याहरूबाट बच्न सकिन्छ । दिसा गर्दा धेरै दबाब दिनु पनि उचित हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण