चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको बेथितिविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उनले काठमाडौँ उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि सङ्घर्ष जारी राख्ने बताए ।
चुरे दोहन, वन विनाश तथा मधेस सरकारको बेथितिविरुद्ध पार्टीले गरेको आन्दोलनका विषयमा परिषद् बैठकमा छलफल हुने उनको भनाइ छ ।
उनले भने, ‘सङ्घर्षहरूको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको सङ्घर्ष । मधेस सरकारको बेथितिविरुद्धको सङ्घर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको सङ्घर्ष, बागमती प्रदेश नाम खारेजीको सङ्घर्ष । त्यस्तै उपत्यकाको गैरन्यायिक सडक बिस्तार खोला नदी मापदण्डविरुद्धको सङ्घर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ ।’
विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रीय परिषद् सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण