प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी सहित ५ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले कमल जोशीसहित ४ जनासँग जनही १० हजार धरौटी माग्ने आदेश गरेको हो ।
आक्रमणमा संलग्न डडेलधुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारासँग १५ हजार धरौटी माग गरिएको छ । ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल, गोपाल शाही, नविन सिंह ऐर र जोशीलाई जनही १० हजार धरौटी माग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अभद्र व्यवहार मुद्दामा अनुसन्धान भएपनि पटके आरोपी भएको हुनाले उनीहरू विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको थियो । माघ २४ मा ठमेलको ज्याथा स्थित छायाँ सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।
आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । घटनामा संलग्न सौजन्य शाही फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण