ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
सोमबार, १२ फागुन २०८१, १७ : ५५
काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने बताएका हुन् ।
उनले नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्त्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे ।
आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरि मौका दिनुपर्ने समेत उनले बताए ।
उनले सरकारको कर्मचारीलाई चित नबुझेको कुरामा स्पष्टीकरण सोध्नु ठुलो विषय नभएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण