भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
सोमबार, १२ फागुन २०८१, २१ : ०२
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् । दुवै देशले यसको पुष्टि गरिसकेका छन् । युक्रेनमा रुसको आक्रमण भएको तीन वर्ष बित्नै लाग्दा पुटिन र सीबिच कुराकानी भएको हो ।
चीनका अनुसार पुटिनले राष्ट्रपति जिनपिङलाई साउदी अरेबियामा भएको शान्ति वार्ताको बारेमा जानकारी गराएका थिए, जहाँ रुस अमेरिकासँग वार्ताका लागि बसेका थिए । हालै, यो युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच शान्ति वार्ता भएको थियो । यस वार्तामा अमेरिकाले युक्रेनलाई बोलाएको थिएन । यसबारे युक्रेनले असन्तुष्टि व्यक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण