जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
बिहीबार, १५ फागुन २०८१, १६ : ४७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्य योजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने