अमेरिकाले फेरि संघीय कर्मचारीको कटौती गर्दै अमेरिका
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय एजेन्सीहरूलाई ठुलो मात्रामा कर्मचारीहरूलाई हटाउन निर्देशन दिएको छ । ट्रम्पले मन्त्रिपरिषद्को पहिलो बैठकपछि यस्तो निर्देशन दिएको समाचारमा उल्लेख छ ।
ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रशासनिक खर्च घटाउन खडा गरिएको सरकारी दक्षता विभाग (डज)का प्रमुख एलन मस्क पनि उपस्थित थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले जारी गरेको नयाँ मेमोमा संघीय कर्मचारीहरूको सङ्ख्या घटाउन मार्च १३ सम्ममा योजना बनाउनुपर्ने उल्लेख गरिएको छ ।
लागत घटाउन गरिएको कर्मचारी बर्खास्तीबाट यस अघि नै ठुलो सङ्ख्यामा संघीय कर्मचारीहरू पीडित भइसकेका छन् । नयाँ निर्देशनमा कति कर्मचारी हटाइने भन्ने कुराचाहिँ उल्लेख गरिएको छैन ।
मन्त्रिपरिषद्को बैठकमा वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्डिनले १५ हजार कर्मचारीमध्ये ६५ प्रतिशतलाई हटाउने वाचा गरेको भने ट्रम्पले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण