युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ पनि यूरोपको जिम्मामा
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने कुरा युरोपको हातमा रहेको बताएका छन् । यसमा अमेरिका पनि सामेल हुनेछ भन्ने कुनै ग्यारेन्टी नभएको उनको भनाइ थियो ।
आफ्नो दोस्रो कार्यकालको मन्त्रिपरिषद्को पहिलो बैठक र ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँगको भेटअघि ट्रम्पको यो बयान आएको हो । रुसलाई फेरि आक्रमण गर्नबाट रोक्न अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्नेमा स्टार्मरले जोड दिँदै आएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार ‘अहम् सम्झौता’ मा हस्ताक्षर गर्न अमेरिका आउँदैछन् भनेर यसअघि नै ट्रम्पले भनेका थिए । अमेरिकाले अहिलेसम्म युक्रेनलाई दिएको आर्थिक सहायताको बदलामा अनि भविष्यमा उसले पाउने सहायता अनुसार ट्रम्पले युक्रेनसँग दुर्लभ खनिज सम्झौता गर्न खोजिरहेका छन् ।
सम्झौताअघि नै दुई देशका अधिकारीहरूले सम्झौताका शर्तहरूमा सहमति जुटाइसकेको एक वरिष्ठ युक्रेनी अधिकारीले बताएको भन्दै बीबीसीले समाचार छापेको थियो । ट्रम्पले युक्रेनको दुर्लभ खनिज पदार्थ प्रयोग गरेर ५ खर्ब डलर कमाउने शर्त राखेका थिए । तर पछिल्लो समय अमेरिकाले यो सर्त त्यागेको भन्दै समाचारहरू आएका छन् ।
पछिल्लो सहमतिमा के– के बुँदा समावेश छ भन्ने खुलासा हुन सकेको छैन । अमेरिकाले युक्रेनको नेटो सदस्यता पूरै खारेज गरिसकेको छ । तर युक्रेनले भने दुर्लभ धातु र खनिज चलाउन दिएबापत अमेरिकाबाट सरक्षा ग्यारेन्टीलाई मुख्य सर्त बनाएको थियो । ट्रम्पले यो पनि अब युरोपको जिम्मा छाडिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण