अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की

किभ । युक्रेनको पूर्वी मोर्चामा भीषण लडाइँ भइरहँदा अमेरिका र युक्रेनबिच खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न अमेरिका आउन लागेको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका पनि छन् । तर, युक्रेनले अहिलेसम्म सम्झौताबापत कुनै सुरक्षा ग्यारेन्टी नपाएको जेलेन्स्कीले बुधबार भनेका छन् ।
‘म सुरक्षा ग्यारेन्टीबारे कुनै न कुनै टिप्पणी चाहन्थेँ र त्यहाँ (वार्तामा)मा यो हुनु आवश्यक छ,’ उनले भने । ट्रम्पले सुरक्षा ग्यारेन्टी दिएनन् भने उनी वार्ताबाट बाहिरिन्छन् त भनेर बीबीसीले जेलेन्स्कीलाई सोधेको पनि थियो । यसको जवाफमा उनले आफूले नेटोको सदस्यता वा यो जस्तै अन्य कुनै बाटो चाहेको बताएका थिए ।
आफूहरूलाई कुनै सुरक्षा ग्यारेन्टी दिइएन भने युद्धविराममा नजाने उनले स्पष्ट पारेका थिए । सुरक्षा ग्यारेन्टी नै नपाएपछि आफूहरूलाई अरू केही पनि काम नलाग्नेमा उनले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव
-
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन