अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
किभ । युक्रेनको पूर्वी मोर्चामा भीषण लडाइँ भइरहँदा अमेरिका र युक्रेनबिच खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न अमेरिका आउन लागेको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका पनि छन् । तर, युक्रेनले अहिलेसम्म सम्झौताबापत कुनै सुरक्षा ग्यारेन्टी नपाएको जेलेन्स्कीले बुधबार भनेका छन् ।
‘म सुरक्षा ग्यारेन्टीबारे कुनै न कुनै टिप्पणी चाहन्थेँ र त्यहाँ (वार्तामा)मा यो हुनु आवश्यक छ,’ उनले भने । ट्रम्पले सुरक्षा ग्यारेन्टी दिएनन् भने उनी वार्ताबाट बाहिरिन्छन् त भनेर बीबीसीले जेलेन्स्कीलाई सोधेको पनि थियो । यसको जवाफमा उनले आफूले नेटोको सदस्यता वा यो जस्तै अन्य कुनै बाटो चाहेको बताएका थिए ।
आफूहरूलाई कुनै सुरक्षा ग्यारेन्टी दिइएन भने युद्धविराममा नजाने उनले स्पष्ट पारेका थिए । सुरक्षा ग्यारेन्टी नै नपाएपछि आफूहरूलाई अरू केही पनि काम नलाग्नेमा उनले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण