विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको सहयोगमा आफ्ना ग्राहक सदस्यहरूलाई लक्षित गर्दै सिरहाको धनगढीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान गर्ने तथा रोकथाम गर्न नागरिक सचेत गराउने उद्देश्यका साथ ३ दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । मुलतः महिलाहरूको पाठेघरको क्यान्सरको प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नाक, कान, घाटीसहित स्त्री रोग सम्बन्धी सेवा समेत उपलब्ध गराइँदैछ ।
फागुन १५ देखि १७ गते ३ दिनसम्म चल्ने स्वास्थ्य शिविरको बिहीबार उद्घाटन भएको छ । उद्घाटनकै दिन करिब २ सय स्थानीय महिलाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य शिविर उद्घाटन गर्दै धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर महत्त्वपूर्ण सहयोग गरेको भन्दै विजय लघुवित्तलाई धन्यवाद दिए ।
वित्तीय संस्थाहरूले यस्ता कार्यक्रम आयोजना गर्नु आफैमा सुखद पक्ष रहेको भन्दै उनले आफ्नो पालिकाका धेरै महिला दिदीबहिनीहरूले शिविरबाट लाभ लिनेमा आफू विश्वस्त रहेको बताए ।
उद्घाटन समारोहमा बोल्दै विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले संस्थाले वित्तीय सेवामात्रै नभएर समय समयमा सामाजिक कार्यहरू समेत गर्दै आएको भन्दै विगतमा पनि आफूहरूले यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा विशेषज्ञ चिकित्सक डा. विवेक कँडेल र अयोध्या पाठकले शिविरमा उपलब्ध हुने प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।
स्वास्थ्य शिविर सञ्चालनका लागि विजय लघुवित्तले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र धनगढीमाई नगरपालिकाबिच समन्वय गरी आर्थिक सहयोग जुटाएको थियो । नगरपालिकाले नै आयोजना गरेको स्वास्थ्य शिविरका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले प्राविधिक सहयोग उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण