बैंकर्स संघको आश्वासन, ‘बैंकका कर्मचारीको ट्रेड युनियन अधिकार गुम्दैन’
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा श्रम ऐन बमोजिम ट्रेड युनियन अधिकार लागु नहुने सर्वोच्च अदालतको फैसलापछि सिर्जित अन्यौलताबिच बैंकका कर्मचारी नेताहरुले नेपाल बैंकर्ससँग छलफल गरेका छन् । बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)का पदाधिकारीहरुले बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालासँग भेट गर्दै यसबारे छलफल गरेका हुन् ।
फागुन २ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले स्वावलम्बन लघुवित्तको मुद्दामा फैसला गर्दै वित्तीय क्षेत्रमा श्रम ऐन नलाग्ने फैसला गरेको थियो । योसँगै ट्रेड युनियन संगठनको अस्थित्वमाथि प्रश्न उठेको थियो ।
बिहीबार फियनका पदाधिकारीहरूले अध्यक्ष कोइरालालाई भेट गर्दै विकसित घटनाक्रमपछि बैंकिङ क्षेत्रको ट्रेड युनियन अधिकार के हुने भन्नेबारे छलफल गरेका थिए । उक्त क्रममा अध्यक्ष कोइरालाले बैंकका ट्रेड युनियनले कलेक्टिभ बार्गेनिङको अधिकार निरन्तर पाउने उल्लेख गरेको फियन राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिए ।
यसअघि मंगलबार नै फियनले विज्ञप्ति जारी गर्दै अदालतको फैसलापछि बैंक तथा वित्तीय संस्थाको ट्रेड युनियन अधिकारबारे शून्यता कायम भएको भन्दै यो अन्यौलतालाई सम्बोधन गर्न सरकारसँग माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण