त्रिविद्वारा स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयले क्याम्पस÷कलेज निर्वाचन समितिलाई थप निर्देशन जारी गरेको हो ।
चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।
त्यसका लागि क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्ने र आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सक्ने जनाएको छ ।
संघ÷सङ्गठन÷समूह दर्ता फारम एजेन्ट सङ्ख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढाँचा लगायत आवश्यक फारमहरू क्याम्पस÷कलेजको निर्वाचन समितिले तयार गर्नुपर्नेछ ।
समितिले स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेष्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्नुपर्ने जनाएको छ ।
क्याम्पस कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्न भनेको छ । _VDyYoN6qOC.jpg)
_BooIupL448.jpg)
डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०८१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बिचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरू सोही वर्ष र सेमेष्टरका मतदाताको रूपमा रहने तथा मतदान गर्ने समयमा सोही वर्ष र सेमेष्टरको क्याम्पस परिचयपत्र वा प्रवेश पत्रको आधारमा मतदानको व्यवस्था गर्न सकिने जनाएको छ । उक्त अवधिमा परीक्षा दिएका विद्यार्थीहरूलाई माथिल्लो कक्षामा तत्कालै भर्ना हुनुपर्ने बाध्यकारी अवस्था नरहेन समेत प्रस्ट पारेको छ ।
स्ववियु निर्वाचनको दिन क्याम्पस तथा कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण