‘लाज शरणम्’को अहिलेसम्मको व्यवसाय कति ?
काठमाडौँ । बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले ओपनिङ व्यवसाय सुखद गर्न सफल भएको छ । पहिलो दिन अर्थात बुधबार एक करोड १० लाख व्यवसाय गरेको छ । फिल्मका वितरक मनोज राठीले पहिलो दिनको व्यवसाय सार्वजनिक गर्दै दोस्रो दिनको व्यवसाय आउन बाँकी रहेको बताए ।
दर्शकले फिल्मको सुन्दर कर्णालीको दृश्य बढी मन पराएका छन् । फिल्म रहेको कर्णालीका दुःखले आफ्नो मन छोएका दर्शकले प्रतिक्रिया दिएका छन् ।
लोकप्रिय हास्य टेलीश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । फिल्म कुमार कट्टेलले निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण