नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच सरकार–सरकार र जनता–जनताबिचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन् ।
‘नेपालीहरू राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरू छन्’, प्रधानमन्त्री ओलीले भने, ‘हामीबिच अबल मित्रता छ । खाली मित्रताबाहेक अरू केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।’
प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरूको प्रबल इच्छा र सक्रिय प्रयास रहेको भनाइ राखे ।
गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फागुन १४ देखि १६गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण