लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन् । शनिबारदेखि नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताए । समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रूपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गरिएको उनले बताए । उनले लागुऔषध कारोबार तथा दुर्व्यसनीका घटना नियन्त्रण र निरुपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन निर्देशन दिए ।
उनले भने, ‘लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव हुँदैन । यो सामूहिक दायित्वको विषय हो । यसको लागि प्रो एक्टिभनेस पनि महत्त्वपूर्ण रहेको छ । यसमा व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य छ ।’
प्रहरी महानिरीक्षक कुँवरले विश्वमा करिब ३० करोड र एसियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागुऔषध सेवन कर्ताहरु रहेको बताए । जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको उनले बताए । लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरू प्रत्येक आर्थिक वर्षमा करिब ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण