जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी छ : अध्यक्ष प्रचण्ड
सिरहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत शनिबार सिरहामा आयोजित जनसभालाई सम्बोधन गर्दै दश वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले कथित संविधान संशोधनको नाममा यो खेल अझै जारी रहेको बताए । उनले भने, ‘अहिले सरकारमा रहेका दलहरू नै कथाकथित संविधान संशोधनको कुरा गरेर जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्ने, कुत्सित चालमा लागेका छन् । संविधान उल्ट्याउनेहरू अझै सक्रिय छन् ।’
उनले ठुलो बलिदानबाट प्राप्त संविधान रक्षाको लागि आफ्नो पार्टीले अन्तिम समयसम्म लडिरहने जिकिर गरे । उनले मधेसी जनताको पक्षमा र आत्म सम्मानको लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको बताए ।
हुलाकी राजमार्गअन्तर्गत कमला नदीको भत्केको पुल निर्माण प्रक्रिया तुरुन्त अगाडि बढाउन पार्टीको तर्फबाट साथ सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
जनसभामा नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादव, पार्टीका उप–महासचिव मातृका प्रसाद यादव, स्थायी समिति सदस्य विश्वनाथ साहले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थमन विक हत्या प्रकरण : एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय
-
पोखरा महानगरको बजेट पारित
-
‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
-
वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण