‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले घोषण गरे ‘अभिमन्यु’
काठमाडौँ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माण घोषणा गरेका छन् । उनले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । घोषणामा फिल्मको रिलिज साउन २४ गते तोकिएको छ ।
विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो फिल्मका थिम पोस्टरले चक्रव्यूह र पैसाबिचको सङ्घर्षलाई प्रस्तुत गर्ने सङ्केत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको सङ्घर्षको कथा फिल्मले भन्ने अनुमान लगाउन सकिन्छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्ने भएका छन् । मुकेश खनालको कथा, मदन थापा क्रियटिभ निर्देशक रहेको फिल्म निर्माणमा पौडेललाई गुञ्जन गिरीले सहकार्य गर्दै छन् । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ रहनेछन् । निर्माणपक्षले फिल्मको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन ।
निर्माता पौडेल फरक धारका फिल्म बनाउन रुचाउने भएकाले ‘अभिमन्यु’मा स्टार कलाकार भन्दा पनि नयाँ अनुहारलाई प्राथमिकता दिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण