कांग्रेस, एमाले र माओवादीलाई प्राप्त उपलब्धिहरू बढी भइसकेको जसपा नेपालको ठहर
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) समेतलाई अहिलेका प्राप्त उपलब्धिहरू नै बढी भइसकेको ठहर गरेको छ । यस्तो अवस्थामा ती दलको एक मात्र लक्ष्य नै सरकार भएको जसपाको जिकिर छ ।
आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले पेस गरेको ‘राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्ताव’ मा भनिएको छ, ‘नेपाली कांग्रेस, नेकपा (एमाले) तथा अहिलेको नेकपा (माओवादी केन्द्र) समेत पार्टीहरूको लागि अहिलेका प्राप्त उपलब्धिहरू नै बढी भइसकेकाले उनीहरूको अबको एक मात्र लक्ष्य नै सरकार हो ।
तर हाम्रो जस्तो समानता, स्वतन्त्रता, संघीयता, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादी लोकतन्त्रको लक्ष्य बोकेको पार्टीको लागि संसदीय तथा गैरसंसदीय संघर्ष अहिलेको एक मात्र विकल्प हो ।’
प्रतिवेदनमा पार्टीले संसदीय मोर्चा र सडक जनसंघर्षको मोर्चा दुबैबाट संघर्ष गर्नुपर्ने उल्लेख छ । यस्तै पहिचानमा आधारित राज्यपुर्नंसंरचनाको मुद्दा, अल्पसङ्ख्यक समुदायको पहिचान तथा अधिकार सुनिश्चितताको लागि, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र निर्धारण सम्बन्धी विषयलाई लिएर आन्दोलन र जनसंघर्ष अगाडि बढाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
आन्दोलनलाई परिणाममुखी बनाउन सिद्धान्त विचार मिल्ने दलहरूबिच मोर्चा/गठबन्धन र सहकार्य गर्न जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ । ‘नीति, सिद्धान्त र विचार
मिल्ने दलहरूसँग एकीकरणसमेत गर्न सकिने गरी हाम्रो पार्टीले पहलकदमी गर्नु पर्दछ’, प्रतिवेदनमा भनिएको छ , मुलुकमा रहेका भ्रष्ट साम्यवादी र पुँजीवादी अथवा उदारवादी राजनीतिक शक्तिहरूको विकल्पमा अग्रगामी परिवर्तनकारी शक्ति, प्रगतिशील, लोकतान्त्रिक, पहिचानवादी र समाजवादी शक्तिहरुबीच बृहत् ध्रुवीकरण गरी समाजवादी लोकतान्त्रिक शक्ति निर्माण गर्न पहलकदमी लिनु पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण