काठमाडौँ । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुइजी बुफोन आइतबार नेपाल आइपुगेका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा अतिथिको रूपमा बुफोन नेपाल आएका हुन् ।
गत आइतबार सुरु भएको केपी ओली कपको फाइनल खेल फागुन १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
इटालीलाई सन् २००६ मा आयोजित फिफा विश्वकपको उपाधि चुमाउन गोलरक्षक बुफोनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उक्त विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो ।
_eWAOhflZPz.jpg)
यसदेखि वाहेक पनि उनको उत्कृष्ट प्रदर्शनमा इटालीले थुप्रै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । उनी आफ्नो समयका विश्वकै सर्वाधिक लोकप्रिय गोलरक्षक थिए ।
उनले विश्वका विभिन्न चर्चित क्लबबाट व्यवासायिक फुटबल खेलेका थिए । ४७ वर्षीय बुफोनले पार्मा, युभेन्ट्स, पेरिस सेन्ट जर्मन (पीएसजी)लगायतका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले थुप्रैपटक इटालियन सिरिएको उपाधि पनि जितेका थिए ।
उनी इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गोलरक्षक पनि हुन् । उनले इटालीको राष्ट्रिय टोलीको कप्तानी पनि गरेका थिए ।
_Jw0kbxp7yq.jpg)
_f91CrfXGvQ.jpg)
_npog9V8B5h.jpg)
_MFj1gstfan.jpg)
_HIt05F5fMV.jpg)
_Q4FMekcIgC.jpg)
_VVPPTZnAxv.jpg)
_sFRrLwJz5X.jpg)
_h4NXBoNrun.jpg)
_thbYzXvjxG.jpg)
_XJJ5xg0RNU.jpg)
_XgDUEBRZ6N.jpg)
_gpM8GU83AC.jpg)
_sTSPv4asBl.jpg)
_80cymDw3de.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया