मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नामिबियाका जेजे स्मित चम्किँदा नेपाल  १५७ रनमा समेटियो

मङ्गलबार, ०५ साउन २०८३, १८ : २४
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ।
  • टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो।
  • नामिबियाका जेजे स्मितले ६ विकेट लिएपछि नेपाल १५७ रनमा समेटियो।

काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ। नेदरल्याण्डमा मंगलबार भएकाे खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको थियो । 

पहिले ब्याटिङ गरेको नेपाली टोलीले ४६.५ ओभरमा आफ्ना सबै १० विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको हो ।नेपालका तर्फबाट ब्याटिङमा कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन  र दीपेन्द्र सिंह ऐरीले ३० रनको योगदान दिए । त्यसैगरी, गुल्सन झाले २० रन, करण केसीले १८ रन, विकेटकिपर आसिफ शेखले १६ रन तथा सोमपाल कामीले १५ रन बनाए । अन्य ब्याटरहरूले दोहोरो रन बनाउन सकेनन् । 

बलिङतर्फ नामिबियाका जेजे स्मितले ९.५ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित मात्र २७ रन खर्चिएर ६ विकेट लिए। त्यसैगरी ज्याक ब्रेसलले १० ओभरमा ३८ रन खर्चेर २ विकेट र बर्नाड स्कोल्जले १० ओभरमा २ मेडन ओभर राख्दै २२ रन खर्चेर २ विकेट हात पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप