राष्ट्रियसभा बैठक
राष्ट्रियसभाबाट एउटा विधेयक पारित, तीन विधेयक पुनः पारित
आइतबार, १८ फागुन २०८१, १६ : २६
काठमाडौँ । राष्ट्रियसभाको आइतबार बसेको बैठकले एउटा विधेयक पारित गरेको छ । तीन विधेयक पुनः पारित गरेको छ । समग्रमा राष्ट्रियसभामाबाट आज चार विधेयक पारित भएका छन् ।
बैठकले राष्ट्रियसभामै उत्पति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । अब यो विधेयक प्रतिनिधिसभामा पठाइनेछ । राष्ट्रियसभाले पहिला सभामै उत्पत्ति भएर पारित गर्दै प्रतिनिधिसभामा पठाएका तीन विधेयक प्रतिनिधिसभाले पारित गरेर पठाएपछि पुनः पारित गरेको छ ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक आजको राष्ट्रियसभा बैठकले पुनः पारित गरेको हो । यी विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कानुन बनेर लागू हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण