महिन्द्रा केयर फेस्ट सुरु
काठमाडौँ । महिन्द्रा फोरह्वीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले आयोजना गरेको महिन्द्रा केयर फेस्ट आइतबारदेखि सुरु भएको छ । फेस्ट फागुन २३ गतेसम्म चल्नेछ ।
कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक ( नेपाल, भुटान र बंगलादेश) चैतन्य कगलकार लगायतले गरे ।
यस फेस्टमा पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरु पाउन सकिनेछ । महिन्द्राका ग्राहकले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागीता जनाउन सक्ने कम्पनीले जनाएको छ । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण