नेशनल प्याब्सनको अध्यक्षमा गीता राणा क्षेत्री चयन, नयाँ कार्यसमितिमा को-को समेटिए ?
काठमाडौँ । नेशनल प्याब्सनको राष्ट्रिय महाधिवेशनले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ।
पर्साको वीरगन्जमा सम्पन्न महाधिवेशनबाट ज्ञानेन्द्र मोहन भट्टराई, सूर्य बहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी र कमल बहादुर सिंहलाई वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर बहादुर कार्की, कुसुम रानाभाट, कृष्ण कुमार उप्रेती, धर्मराज रेग्मी, डा नन्दन यादव चयन भएका छन् ।
यसैगरी, महासचिव पदमा प्रताप बहादुर थापा र कोषाध्यक्ष पदमा कुबेर बस्नेत चयन हुँदा कृष्ण प्रसाद पौडेल र बम देव न्यौपाने उपमहासचिव पदमा चयन भएका छन् । त्यस्तै सहकोषध्यक्ष पदमा महेन्द्र पुन र शिव दत तिवारी चयन भएका छन्।
यसैगरी केन्द्रीय सचिव पदमा अलि महमद अँसारी, राजु रोकाया, राजु पाण्डे, बिक्रम ढुकुछु, प्रकाश गैरे, इन्द्र देव शाह, सन्त बहादुर तामाङ्ग, चुडामणि बुढाथोकी, श्याम बहादुर कुँवर र तेन्जी भोटिया निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरुमा राम प्रसाद अधिकारी, काशीनाथ कोईराला, राम प्रसाद पाण्डे, रविन प्रसाद पौडेल, चन्द्र नारायण मण्डल, राज कार्की, रामकृष्ण विक, मेतिबुल राईन, श्याम पाकी , युवराज शाही, गायत्री राना, खेमराज कोईराला, सिता चौधरी, राम बाबु प्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोईरी, ई।विनय श्रेष्ठ, नरायणा प्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश अचार्य, जीत बहादुर केसी लगायतका नाम पनि सदस्यको रूपमा चयन भएका छन्।
महाधिवेशनले अब संगठनको नेतृत्वलाई अझ मजबुत बनाउने र आगामी कार्यहरूलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको प्याब्सनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण