राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
आइतबार, १८ फागुन २०८१, २० : १४
काठमाडौँ । संविधानसभा सदस्य विदुरप्रसाद सापकोटाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकले स्व सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभाका सदस्यहरूले शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरेका थिए ।
विसं २०२३ भदौ १५ गते मन्दनदेउपुर नगरापालिका–७ नौविसे काभ्रेमा जन्मिएका सोपकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते निधन भएको थियो । हाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा आबद्ध स्व सापकोटा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन २२ गते बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण