जसपा नेपालको दोस्रो दिनको बैठक सुरु
सोमबार, १९ फागुन २०८१, १३ : ०१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा दोस्रो दिनको बैठक सुरु भएको हो । आइतबारदेखि सुरु भएको बैठकमा बैठकमा जनतासँग जसपा जागरण अभियानको समीक्षा चलिरहेको छ । अभियानमा खटेका केन्द्रीय सदस्यहरूले आआफ्नो रिपोर्टिङ गरिरहेका छन् ।
आइतबार नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक तथा सांंगठनिक प्रतिवेदन पेस गरेका थिए । अभियानबारे आफ्नो धारणा राखिसकेपछि अध्यक्ष यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनको बारेमा सदस्यहरूले आफ्नो धारणा राख्ने पार्टीका महासचिव लालबाबु राउतले बताए । बैठक भोलिसम्म चल्नेछ ।