‘कर्मा’ मा विपिनको भूमिका के ?
काठमाडौँ । विपिन कार्की फिल्म क्षेत्रमा भर्साइटल अभिनेताको रूपमा परिचित छन् । हरेक फिल्ममा फरक फरक चरित्रमा देखिनु उनको विशेषता हो । उनी रियलमा जो हुन्, रिलमा त्यो कमै देखिन्छन् ।
फिल्ममा फरक फरक भूमिका गर्दै आएका विपिन अब भने एक्सनमा देखिने भएका छन् । उनी फिल्म ‘कर्मा’ मा एक्सन अवतारमा देखिन लागेका हुन् । फिल्मको यस अगाडि सार्वजनिक पोस्टरले पनि त्यो झलक दिएको थियो ।
फिल्ममा विपिनको भरपुर एक्सन रहेको निर्देशक सौरभ चौधरी बताउँछन् । ‘विपिनको अभिनय देखेर यो पटक दर्शक छक्क पर्नेछन्’, चौधरीले भने । फिल्मको भूमिका विषयमा विपिनले भने अहिलेसम्म मुख खोलेका छैनन् ।
‘कर्मा’को छायाङ्कन दाङ र काठमाडौँमा गरिएको हो । आगामी चैत २९ मा रिलिज हुने फिल्ममा विपिनसँगै उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ ।
फिल्ममा अभिनेता मुकुन नेगेटिभ क्यारेक्टरमा देखिँदैछन् । मुकुन पनि पहिलोपटक नेगेटिभ क्यारेक्टरमा देखिन लागेका हुन् । एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण