जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्ने
सोमबार, १९ फागुन २०८१, १४ : ०५
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बस्ने भएको छ । फागुन २५ र २६ गते महोत्तरीको पावन मिथिला होटलमा सो पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको हो ।
त्यस्तै सो पार्टीको प्रदेश समन्वय समिति, मधेस प्रदेशको बैठक पनि बस्ने भएको छ । उक्त समितिको बैठक फागुन २७ गते सोही होटलमा बस्ने समेत जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिएका छन् ।
त्यस्तै सो पार्टीका धनुषा जिल्ला इन्चार्जले गरेका केही पालिका कमिटी विघटन र पुनर्गठनका विषयलाई केन्द्रीय सचिवालयले अनुमोदन नगरेको समेत प्रवक्ता यादवले बताएका छन् । उनले ती पालिकामा पहिलेकै समिति यथावत् रहने समेत स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण