जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्ने
सोमबार, १९ फागुन २०८१, १४ : ०५
_ZClym1j2cX.jpg)
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बस्ने भएको छ । फागुन २५ र २६ गते महोत्तरीको पावन मिथिला होटलमा सो पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको हो ।
त्यस्तै सो पार्टीको प्रदेश समन्वय समिति, मधेस प्रदेशको बैठक पनि बस्ने भएको छ । उक्त समितिको बैठक फागुन २७ गते सोही होटलमा बस्ने समेत जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिएका छन् ।
त्यस्तै सो पार्टीका धनुषा जिल्ला इन्चार्जले गरेका केही पालिका कमिटी विघटन र पुनर्गठनका विषयलाई केन्द्रीय सचिवालयले अनुमोदन नगरेको समेत प्रवक्ता यादवले बताएका छन् । उनले ती पालिकामा पहिलेकै समिति यथावत् रहने समेत स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला