युक्रेनबाट जेलेन्स्कीलाई लखेट्न चाहन्छन् मस्क
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग निकै क्रुद्ध छ । केही दिनअघि ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबिच भएको झगडापछि स्थिति झनै बिग्रिएको छ ।
आफ्नो कुरा जेलेन्स्कीले मानेनन् भने ट्रम्प र उनको प्रशासनले उनी विरुद्ध ठुलो योजना बनाएका छन् । विवाद पछि तत्कालै लागू हुनेगरी अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । युक्रेनलाई रुससँग शान्ति सम्झौता गर्न लगभग बाध्य पारिएको छ ।
यसैबिच ट्रम्पका सबैभन्दा नजिकका साथी तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले युक्रेनमा शान्तिको लागि जेलेन्स्कीलाई अर्को देश पठाउने समय आएको बताएका छन् । यो सामान्य कथन होइन । मस्क अमेरिकी सरकारका सबैभन्दा शक्तिशाली व्यक्ति पनि हुन् । विशेषगरी अहिले जारी द्वन्द्वलाई विचार गर्दा यसलाई हल्का रूपमा लिन सकिँदैन ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टको जवाफमा मस्कले ‘अब जेलेन्स्कीलाई तेस्रो देश पठाउने समय आएको छ ताकि युक्रेनमा शान्तिपूर्ण रूपमा लोकतन्त्र स्थापना होस्’ भनेर लेखेका हुन् ।
मस्कको यो पोस्ट अर्को प्रयोगकर्ताको पोस्टको जवाफमा आएको हो । ती प्रयोगकर्ताले ‘जेलेन्स्कीलाई थाहा छ कि यदि रुससँगको युद्ध समाप्त भयो भने उनी सत्ताबाट हटाइनेछन् । चुनाव हुनेछ र उनी त्यो चुनाव उनी हार्नेछन् ।
यसपछि, उनका विपक्षीहरूले उनीमाथि सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धान गर्नेछन् र उनी जेल जानुपर्नेछ ।’ आफ्नो व्यक्तिगत स्वार्थका लागि जेलेन्स्कीले युक्रेनी जनतालाई मर्न युद्धमा जान निर्देशन दिएको अनि आफू सत्तामा टिक्न मात्रै उनले यो सबै गरिरहेको पोस्टमा भनिएको थियो ।
अमेरिकी सरकारले जेलेन्स्कीलाई रुससँगको युद्ध अन्त्य गर्न धेरै दबाब दिइरहेको छ । जेलेन्स्की र ट्रम्पबिचको झगडाबारे विभिन्न रिपोर्टहरू आइरहेका छन् । युक्रेनको एक हिस्सा जेलेन्स्कीसँग रिसाएको बताइएको छ । रुससँगको युद्धमा उनको कथित जिद्दी अडानलाई जिम्मेवार ठहराइएको थियो । विगत तीन वर्षको युद्धमा युक्रेन पूर्ण रूपमा ध्वस्त भएको छ ।
हजारौँ युक्रेनी सिपाही मारिएका छन् । लगभग २० प्रतिशत युक्रेनी क्षेत्र रुसले कब्जा गरेको छ । लाखौँ मानिसहरू युक्रेनबाट भाग्न बाध्य भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण