जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको आज तेस्रो दिनको बैठक सुरु भएको छ । फागुन १८ गतेदेखि सुरु भएको बैठकमा ‘जनतासँग जसपा नेपाल जागरण अभियान’ का बारेमा छलफल भइरहेको छ ।
सात महिनादेखि चलिरहेको सो अभियानको समीक्षात्मक प्रतिवेदन नेताहरूले प्रस्तुत गरिरहेका छन् । जागरण अभियानका लागि स्थानीय तहसम्म केन्द्रबाट प्रतिनिधि खटाइएको थियो ।
उनीहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । लगभग सबै स्थानीय तहसम्म अभियान सम्पन्न भइसकेको छ । अब त्यसलाई निरन्तरता दिने कि नदिने विषयमा यो केन्द्रीय समितिले निर्णय लिने पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
सात महिनासम्म चलेको सो अभियानले साङ्गठनिक रूपमा पार्टीलाई निकै फाइदा गरेको छ । यो बिचमा पार्टीका विभिन्न निकाय, भातृ सङ्गठनहरूलाई गठन तथा पुनर्गठन गरिएको छ । त्यसका साथै सदस्यता वितरण गर्ने काम समेत भएको छ ।
पार्टीको नयाँ विधानअनुसार सम्पूर्ण सङ्गठनले संरचनागत पूर्णता पाएका छन् । साथै २०८२ को वैशाखभित्र सबै भातृ सङ्गठनहरूको अधिवेशन सम्पन्न गर्न पार्टीले सर्कुलर गरिसकेको छ ।
अभियानमाथि आफ्ना भनाई राख्ने क्रम सकिएपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । बैठक आज सम्पन्न हुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण