जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको आज तेस्रो दिनको बैठक सुरु भएको छ । फागुन १८ गतेदेखि सुरु भएको बैठकमा ‘जनतासँग जसपा नेपाल जागरण अभियान’ का बारेमा छलफल भइरहेको छ ।
सात महिनादेखि चलिरहेको सो अभियानको समीक्षात्मक प्रतिवेदन नेताहरूले प्रस्तुत गरिरहेका छन् । जागरण अभियानका लागि स्थानीय तहसम्म केन्द्रबाट प्रतिनिधि खटाइएको थियो ।
उनीहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । लगभग सबै स्थानीय तहसम्म अभियान सम्पन्न भइसकेको छ । अब त्यसलाई निरन्तरता दिने कि नदिने विषयमा यो केन्द्रीय समितिले निर्णय लिने पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
सात महिनासम्म चलेको सो अभियानले साङ्गठनिक रूपमा पार्टीलाई निकै फाइदा गरेको छ । यो बिचमा पार्टीका विभिन्न निकाय, भातृ सङ्गठनहरूलाई गठन तथा पुनर्गठन गरिएको छ । त्यसका साथै सदस्यता वितरण गर्ने काम समेत भएको छ ।
पार्टीको नयाँ विधानअनुसार सम्पूर्ण सङ्गठनले संरचनागत पूर्णता पाएका छन् । साथै २०८२ को वैशाखभित्र सबै भातृ सङ्गठनहरूको अधिवेशन सम्पन्न गर्न पार्टीले सर्कुलर गरिसकेको छ ।
अभियानमाथि आफ्ना भनाई राख्ने क्रम सकिएपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । बैठक आज सम्पन्न हुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका