दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिकोको मंगलबार बसेको बैठकमा कँडेलले पटक–पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाएको बताएका हुन् ।
यस्तो गतिविधिले जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषद्लाई कँडेलले आग्रह गरे ।
राष्ट्रिय खेलकुद परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २ देखि १० सम्मको मिति तय गरेको छ । पटकपटक मिति सरेपछि कँडेलले अब जेठभन्दा पर जान नसकिने धारणा राखे ।
‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्योभन्दा पर जान सक्ने स्थिति छैन,’ उनले भने, ‘अविश्वासिलो बन्ने परिस्थिति म देख्छु ।’
प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रंगशाला लगायतका कामहरूलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडि बढाइरहेको उल्लेख गर्दै कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने बताए । उनले भने, ‘यो प्रतियोगिताको मुख्य आयोजक संघीय सरकार भएकाले तपाईँहरूले ढंग पुर्याउनुहोला, हामी सहआयोजक भएको नाताले हामीलाई तोकिएको जिम्मेवारी हामीले पुरा गछौँ ।’ प्रतियोगिताको लागि निर्देशिका बनाउने कुरामा खेलकुद मन्त्रालयले प्रदेशसँग समन्वय नगरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
-
कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण