स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई गम्भीर रूपमा लिएर शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
बुधवार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई मुलुकका विभिन्न क्याम्पसहरूमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् ।
त्यसैगरी मन्त्री लेखकले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह समेत गरेका छन् ।
‘प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि टिम समेत गठन गर्न निर्देश गरेको छु ।’ गृहमन्त्री लेखकले भने– ‘निर्वाचन हुने जिल्लामा आवश्यक समन्वयका लागि क्याम्पस प्रशासनलाई प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसित समन्वय गर्ने वातावरण बनाइएको छ ।’ त्यसका साथै नेपाल प्रहरीले स्ववियु निर्वाचनका लागि सशस्त्र प्रहरी बलसित पनि समन्वय गर्ने गरी कामकारबाही अघि बढाउन निर्देशन दिइएको छ ।
प्रहरी प्रमुखसित निर्वाचन सुरक्षा बारे जानकारी समेत लिँदै मन्त्री लेखकले स्ववियु निर्वाचनलाई आम निर्वाचन जत्तिकै गम्भीर रूपमा लिएर सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण