युगान्डामा हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली महिला टोलीको बिदाइ
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली महिला टोलीको बिदाइ गरेको छ । बुधबार आयोजित बिदाइ समारोहमा क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायत उपस्थित थए ।
_29TugcVHw7.jpg)
प्रतियोगिता मार्च ६ देखि १७ तारिखसम्म युगान्डामा सञ्चालन हुनेछ । क्यानले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
_jpJH90FHFW.jpg)
ईन्दू बर्माको कप्तानीमा घोषित टोलीमा रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी रहेका छन् । यसैगरी, टोलीमा ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, बिन्दु रावल, अलिसा कुमारी यादव (विकेटकिपर), रोमा थापा, ईश्वरी विष्ट, साना प्रविन र रिया शर्माले पनि स्थान पाएका छन् ।
_4XziRxEPrc.jpg)
प्रतियोगितामा नेपाल र आयोजक युगान्डाका अतिरिक्त हङ्कङ र नामिबियाको पनि सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेल मार्च ८ तारिखमा युगान्डा र हङ्कङबिच खेलिने छ । सोही दिन दोस्रो खेलमा नेपाल र नामिबियाबिच भिडन्त हुनेछ ।
_hLHa6l3YG3.jpg)
यसैगरी, मार्च ९ तारिखमा नेपाल र युगान्डा तथा हङ्कङ र नामिबियाबिच खेल हुनेछ । मार्च १० तारिखमा युगान्डा र नामिबिया तथा नेपाल र हङ्कङबिच भिडन्त हुनेछ । मार्च १२ तारिखमा नेपाल र नामिबिया तथा हङ्कङ र युगान्डाबिच खेल हुनेछ ।
_Kw26pPsUDm.jpg)
यसैगरी, मार्च १३ तारिखमा नामिबिया र हङ्कङ तथा नेपाल युगान्डाबिच भिडन्त हुनेछ । मार्च १४ तारिखमा नेपाल र हङ्कङ तथा नामिबिया र युगान्डाबिच खेल हुनेछ । मार्च १६ तारिखमा पहिले तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल पनि सोही दिन खेलिने छ ।
_d0yePWrKgN.jpg)
_OzgAxhiq89.jpg)
_zCclMg2wcl.jpg)
_9fCCgxr11T.jpg)
_eiPBRKipOM.jpg)
_aCQfWpyi6m.jpg)
_VkO5HNEGxr.jpg)
_U6VHFCSe8R.jpg)
_OEfv7417Ed.jpg)
_WRzYXYbe9Z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण