सांसद किनबेचको विषयमा सरकारले जवाफ दिनुपर्छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौँ । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ’ उनले भने । २१ औँ शताब्दीमा पनि सांसद किनबेच हुन्छ भनिनु आफैँमा गम्भीर विषय रहेको उनले बताए ।
‘अहिलेको २१ औँ शताब्दीमा, आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो छ । सिङै संसद् अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यू गम्भीर हुन जरुरी छ । सम्मानित संसद् अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ’ उनले भने ।
जिम्मेवार सांसदले सांसद किनबेचमा रहेको भन्न मिल्ने कि नमिल्ने पनि उनको प्रश्न छ । ‘होइन भने एउटा जिम्मेवार सांसदले यस्तो भन्न मिल्छ कि मिल्दैन ? मिल्दैन भने यसमा कानुन लाग्छ कि लाग्दैन ?’ साहको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण