आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस् प्रस्ताव राखेका थिए । सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
त्यसअघि सांसद डा स्वर्णिम वाग्ले राखेको उक्त अध्यादेश अस्वीकृतको सूचना बहुमतले अस्वीकृत भएको छ । अध्यादेशका विरुद्ध विरोधको सूचना दिने क्रममा आएका जिज्ञासाको उत्तर दिँदै मन्त्री पौडेलले प्रक्रियागत ढंगले नै अध्यादेश आएको जिकिर गरे । अध्यादेश ल्याएर सरकारले संसदको अपमान नगरेको भन्दै उनले संसदलाई कुण्ठा व्यक्त गर्ने थलो भन्दा बिचार राख्ने थलो बनाउन आग्रह गरे ।
उनले सदन नचलेका बेला अध्यादेश ल्याउन पाउन सरकारको अधिकार भएको बताए । सदनमा अध्यादेश प्रस्तुत गर्दा अपमान हुन्छ भने लोकतन्त्र खोज्न जङ्गल जाने ? भन्दै उनले प्रश्न गरे । उनले सरकारले ल्याएको अध्यादेश पास गर्ने क्षमता सरकारसँग रहेको धारणा राखे । त्यस्तै उनले समयभित्रै नेपाललाई ग्रे लिस्टबाट हटाउने दाबी गरे ।
बैठकमा अध्यादेशको विरोधको सूचना दिने क्रममा विपक्षी दलका सांसदहरूले अर्थ समितिमा विधेयक छलफलमा रहँदा अध्यादेश ल्याएको भन्दै तत्काल नैतिकताका आधारमा राजीनामा गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण