खेलकुदका पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ : मन्त्री महर्जन
हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले खेलकुदका पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आगामी बजेटमा प्रदेशमा खेलकुद क्षेत्रका संरचनाहरूको पूर्वाधार निर्माणमा महत्वका साथ बजेट विनियोजन गरिने उनले बताए ।
हेटौँडा उपमहानगरपालिका–१४ मा कबर्ड हल भवनको शिलान्यास गर्दै मन्त्री महर्जनले प्रदेश देशकै खेलकुद हबको रूपमा रहेको बताए । सोही अनुसार प्रदेशमा खेलकुद क्षेत्रको विकासको लागि आगामी बजेटमा आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माणमा जोड दिने उनले बताए ।
मन्त्री महर्जनले प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरू र सम्पत्तिका विषयमा आफूले अध्ययन गरिरहेको बताए । गौरीटार रङ्गशालाभित्र निर्माण भएका पूर्वाधारहरूको उचित उपयोग हुन नसकेको मन्त्री महर्जनले बताए ।
‘हामीले सबै जिल्लाका पूर्वाधारहरू सम्पत्तिको खोजी गरिरहेका छौँ । ती कस्तो अवस्थामा छन् त्यसको जानकारी समेत लिने काम भइरहेको छ ।’ उनले भने– ‘खेलाडीहरूका लागि छात्रावास र मार्सल आर्टको सुविधा सम्पन्न भवन निर्माणको योजना छ । विगतमा खेल पूर्वाधारहरू मनोमानी ढङ्गले चलेका छन् । यो खेलाडी उत्पादन गर्ने ठाउँ हो । धनी व्यक्तिहरूले भुँडी घटाउने ठाउँ होइन ।’
उनले खेलकुदसँगै युवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रूपमा अघि बढाउने बताए । जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण