प्रधानन्यायाधीशद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपालको नवनिर्मित मन्दिरको उद्घाटन गरेका छन् । प्रधानन्यायाधीश राउतले आज विशेष धार्मिक अनुष्ठानबीच सो मन्दिरको उद्घाटन गर्दै धर्मले नैतिक आचरणलाई उच्च बनाउँदै सत्मार्गमा हिँड्न प्रेरित गर्ने बताएका हुन् ।
‘धर्मले सदा न्याय र सत्यका पक्षमा उभिन सहयोग पुर्याउँछ,’ प्रधानन्यायाधीश राउतले भने, ‘नैतिक आचरणलाई सबल बनाउँदै सत्यमार्गमा व्यक्तिलाई हिँडाउने नै धर्म हो ।’
बागमती प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले नेपालको धार्मिक पर्यटनको सम्भावनालाई बलियो बनाउन सो मन्दिर निर्माण गर्नका लागि घरघरमा चन्दा सङ्कलन गरेर आज सफल भएको बताए ।
उक्त मन्दिरमा यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासम्प्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ । अनुष्ठान तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ ।
विसं २०२२ मा वैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गर्नुभएको मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो । भूकम्पले क्षति भएको मन्दिर सङ्घ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब रु १६ करोडको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।
मन्दिरमा आठ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छ । आगामी शैक्षिक सत्रदेखि गुरुकुल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण