नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
काठमाडौँ । साङ्ग्रिला मोटर्स प्रा.लिले राजधानीको सिल्वर ओक ब्यान्क्वेटमा एक समारोहका बीच लिपमोटर टि०३ गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालमा नवीनतम् र दिगो प्रविधियुक्त सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गर्दै लिपमोटर T03 ले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने बताए।
लिपमोटर T03 मा ३७.३ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जसले WLTP कम्बाइन्ड साइकलमा २६५ किमी तथा अर्बन साइकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ। यसमा लेभल २ एडभान्स्ड LEAP पाईलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि छ, जसले चालकलाई उच्चस्तरीय सुरक्षा अनुभव प्रदान गर्नेछ।
कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर र सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलको विशेष उपस्थिति रहेको थियो। उनले लिपमोटरको नेतृत्व, दृढता र उत्कृष्टता ग्राहकहरूको विश्वासको प्रतिक भएको बताएका थिए।
साङ्ग्रिला मोटर्स प्रा.लि.सन् २०१७ देखि प्यूजो तथा २०२१ देखि सिट्रोनका आधिकारिक आयातकर्ता रहँदै आएको छ। पछिल्लो समय कम्पनीले सिट्रोन C10 तथा लिपमोटर T03 सार्वजनिक गरी नेपाली बजारमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण